१ सय ३१ किलो गाँजा सहित एक जना र लागु औषध सहित एक युवक पर्साबाट पक्राउ

साझेदारी दैनिक
साझेदारी दैनिक 533 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

पर्सा प्रहरीले लागुऔषध सहित एक युवक र अवैध लागुऔषध गाँजा सहित एक जना गरि दुई जनालाई विहिवार पक्राउ गरेको छ ।

प्रहरीले लागुऔषध सहित मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने २० बर्षका अशोक थापालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी काार्यालय बाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतको रक्सौलबाट नेपालतर्फ आउदै गरेको प्रदेश ३–०३–००१ प ६५०९ नं.को मोटरसाईकलमा आउदै गरेका थापाको साथबाट लागुऔषध बरामद गरेको छ ।

प्रहरीले उनको साथबाट नाईट्रोभेट ट्याब्लेट ७५ पिस) र कोरेक्स ४६ बोतल बरामद गरेको छ । लागुऔषधसहित पक्राउ परेका थापालाई प्रहरी हिरासतमा राखी कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यसैगरी एक सय ३१ किलो गाँजा सहित एक जनालाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ । गाँजा सहित पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका ५ देउरिया टोल वस्ने ४० बर्षका राज ओझैया रहेका छन् ।

ओझैयाले आफ्नो घरमा गाँजा लुकाइ–छिपाई राखेको भन्ने सुचनाको आधारमा बिहिवार जिल्ला कार्यालयबाट गएको प्रहरी टोलिले उनको घरमा छापा मारी उक्त परिमाणमा रहेको गाँजा बरामद गरेको जनाएको । गाँजा सहित ओझैयालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनकारी दिएको छ ।

समाचार शेयर गर्नुहोस
Leave a review