पर्सामा १२ लाख बराबरको अवैध पटाका प्रहरीद्वारा नष्ट

साझेदारी दैनिक
366 पाठक संख्या

वीरगञ्ज । चाडपर्व नजिकिँदै जाँदा बढ्दै गएको पटाका तस्करी नियन्त्रणमा पर्सा प्रहरीले कडाइ थालेको छ।

विभिन्न स्थानमा खटिएका प्रहरी टोलीले फरक–फरक मितिमा चेकजाँच गर्ने क्रममा अबैध रूपमा भित्र्याइँदै गरेका बेवारिसे पटाकाजन्य पदार्थ नियन्त्रणमा लिएर शनिबार नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिएका छन् ।

उनका अनुसार नष्ट गरिएको पटाकाको नेपाली मूल्य अन्दाजी १२ लाख रुपैयाँ रहेको छ। स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीको रोहबरमा खाल्डो खनी पानी खन्याई ती पटाकाहरू नष्ट गरिएको उनले जानकारी दिए ।

Leave a review

This will close in 0 seconds