अनुदान रकम उपल्बध गराउनु पर्ने माग गर्दै उँखु उत्पादक किसान संघद्वारा प्रदर्शन

राजेश कुशवाहा
317 पाठक संख्या

कलैया : नेपाल सरकारले उँखु किसानलाई प्रतिक्वीन्टल रु ७० रुपैयाको दरले अनुदान रकम उपलब्ध गराउनु पर्ने माग गर्दै उँखु उत्पादक किसान संघ बाराले मंगलबार रिलायन्स सुगर मिल्स एण्ड केमिकल ईण्डष्ट्रिज अगाडी टायर बाली प्रदर्शन गरेका छन ।

उखु उत्पादक किसान संघ बाराका अध्यक्ष बिरेन्द्र कुशवाहाको अगुवाईमा गएको किसानहरुले मिल्सको गेट अगाडी दिउसो तीन बजे टायर बाली प्रदर्शन गरेका हुन । नेपाल उँखु उत्पादक किसान महासंघको पुर्व निर्धारित कार्यक्रम अनुसार किसानहरुले मिल्सको गेट अगाडी प्रदर्शन गरे । प्रदर्शनमा जिल्लाका उँखु उत्पादक किसानहरुको सहभागिता रहेको थियो ।

उनीहरु सरकार बिरुद्ध चर्काे नाराबाजी गर्दै प्रदर्शन गरेका हुन । मिति २०८२ श्रावण महिना भरी मांग पुरा नभएमा भाद्र ८ गते देखि काठमाण्डौ स्थित माईतीघर मण्डलामा धर्ना बिरोध कार्यक्रम गर्ने लगायतका संर्घषका कार्यक्रम तय गरेको हो । नेपाल उँखु उत्पादक किसान महासंघको २०८२ साल श्रावण १२ गते उँखु उत्पादन संघ सर्लाही हरिवनको सभाकक्षमा बसेको बैठकले संर्घषका कार्यक्रम गर्ने निर्णय गरेको हो ।

सरकारले दिने अनुदान प्रति क्वीन्टल रु ७० का दरले हुने करिब एक अर्ब ६० करोड भुक्तानी हुन बांकी रहेको छ । किसानको जायज मांग सम्बोधन गर्न सरकार संग संघले अनुरोध गरेको छ । आर्थिक बर्ष २०८२ /०८३ को उँखुको मुल्य तय गर्न उँखुका किसानका प्रतिनिधीहरु ,चिनी उधोगीहरु र नेपाल सरकारको प्रतिनिधीहरुको बिचमा वार्ता गराएर मात्र उँखुको मुल्य निर्धारण गर्न संघले अनुरोध छ ।

सरकारले बजेटको अभाव देखाएर उँखुको अनुदान रकम दिन नसकिने न्याय संगत नरहेको संघको भनाई रहेको छ । चिनी र छुवाको बिक्री बाट सरकारले भ्याट बापत रु ३ अर्ब भन्दा बढी राजस्व प्राप्त गर्दछ । नेपालमा भएका १२ –१३ चिनी मिल उधोगहरुले आर्थिक बर्ष २०८१/०८२ मा २ करोड १६ लाख क्वीन्टल उँखु क्रसिङ्ग गरी एक लाख ८१ हजार मेट्रिक टन उँखु क्रसिङ्ग गरेका छन ।

उँखु खेती गर्दा प्रति बिगहा दुई लाख रुपैया भन्दा बढी लाग्त लागने गर्दछ । भने एक लाख किसान परिवार उँखु खेतीमा आश्रित रहेका छन । उँखुको उचित मुल्य नपाउदा आज भन्दा १५ बर्ष अगाडी उँखु किसानहरुले गरेको सडक आन्दोलन बाट सरकारले चिनीको बिक्रीमा लागने भ्याट वापतको रकमको ९० प्रतिशत अनुदान उपल्बध गराउदै आईरहेको थियो ।

यही अनुदानको रकमबाट प्रोत्साहित भएर किसान उँखु खेती तर्फ आर्कषित भएका हुन । हाल सरकारले आफै उँखुको मुल्य तोक्ने र अनुदान बाट प्रति क्वीन्टल रु ७० अनुदानको ब्यवस्था गरेको थियो । आर्थिक बर्ष २०८१/२०८२ को उँखु प्रतिक्वीन्टल मुल्य चिनी उधोगले दिने र सरकारले दिने अनुदान रु ७० समेत गरी प्रतिक्वीन्टल रु ६५५ तोकेको थियो ।

चिनी उधोगले दिने प्रतिक्वीन्टल रु ५८५ किसानहरुलाई भुक्तानी दिई सकेको छ । तर सरकारले दिने अनुदान रकम उपल्बध नगराएपछि उँखु उत्पादक किसानहरु चरणबद्ध आन्दोलनमा उत्रिएका हुन ।

Leave a review

This will close in 0 seconds