वीरगञ्जमा निजी अस्पतालका स्वास्थ्यकर्मीहरूको विरोध प्रदर्शन

साझेदारी दैनिक
102 पाठक संख्या

वीरगञ्ज : पर्साको वीरगञ्जका रहेका निजी अस्पतालहरुमा कार्यरत स्वास्थ्यकर्मीहरूले बुधबार विरोध प्रर्दशन गरेका छन । उनीहरुले विभिन्न माग सहित बीरगंजमा वृहद रुपमा प्रर्दशन गरेका हुन ।

निजी अस्पतालहरुमा कार्यरत पारामेडिकल स्वास्थ्यकर्मीहरुले न्यून पारिश्रमिक, श्रम शोषण,र दमनकारी व्यवहारविरुद्ध विरोधमा प्रर्दशन गरिएको बताएका छन । नेपाल पारामेडिकल एसोसिएसन वीरगञ्जको आवहानमा आयोजाना भएको उक्त विरोध प्रर्दशनमा महानगरसँग आबद्ध सीएमए, स्टाफ नर्स, अनमी, हेल्थ असिस्टेन्ट, रेडियोग्राफर, फार्मासिस्ट, फिजियोथेरापिस्ट सहितका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

निजी अस्पतालहरुमा कार्यरत यी स्वास्थ्यकर्मीहरुले सरकारी मापदण्डअनुसार तलब, सेवा सुविधा र श्रम अधिकार सुनिश्चित गर्न माग गर्दै विरोधमा उत्रिएको जनएका छन ।

“निजी अस्पताल स्वास्थ्यकर्मीहरूमाथिको श्रम शोषण बन्द गर”, “सेवा ठूलो, तलब सानो… कहिलेसम्म सहने ?”, “महँगो अस्पताल, सस्तो स्वास्थ्यकर्मी”, “श्रम शोषण बन्द गर” जस्ता विभिन्न नारा लगाउँदै नारायणी अस्पताल अगाडिबाट सुरु भएको स्वास्थ्यकर्मीहरुको टोलीले घण्टाघर चौकमा अईमा कोणसभा गरेका थिए ।

सो अवसरममा बाल्दै एसोसिएसनका अध्यक्ष विनय साहले निजी अस्पताल सञ्चालकहरूमाथि माफिया तन्त्र चलाएको आरोप लगाए । “अस्पताल सञ्चालकहरूसँग एम्बुलेन्स ड्राइभर र चिकित्सकहरूलाई कमिसन दिन पैसा छ, तर हाम्रो तलब बढाउन पैसा छैन,” साहले भने । मागको सुनुवाइ नभए आजदेखि नै पेन डाउन गरेर कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन । कोणसभा पछि स्वास्थ्यकर्मीहरूले आफ्ना मागहरू समेटिएको ज्ञापन पत्र पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई बुझाएका छन् ।

Leave a review