दशैं,तिहार र छठपर्बमा पर्सामा बिशेष सुरक्षा योजना लागु

राम मण्डल
415 पाठक संख्या

दशैं,तिहार र छठपर्बमा पर्सा जिल्ला सहित वीरगञ्जमा बिशेष सुरक्षा योजना लागु गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले जिल्ला भरिमा बिशेष सुरक्षा योजना लागु गरेको बताएको छ ।

द जिल्लामा ठाउँठाउँमा प्रहरीहरु परिचालन गरिएको तथा सिमानाकाहरु भारतसित जोडिएकाले सिमानाकाहरुमा बिशेष निगरानी बढाइएको छ ।

पर्साको सदरमुकाम वीरगञ्जसहित ग्रामीण भेगमा पनि कडा सुरक्षाका साथ प्रहरीहरु परिचालन गरिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।

चाडपर्बमा मन्दिर क्षेत्रमा हुने भिडभाडलाई ब्यवस्थापन गर्न, चोरीका घटनाहरु हुन नदिनको लागि ठाउँठाउँमा प्रहरीहरु परिचालन गरिएको तथा आवश्यकता अनुसार ड्रोनको पनि प्रयोग गरि सुरक्षा ब्यावस्था मिलाइएको उनले बताए ।

वीरगञ्जमा अहिले यात्रुहरु बाहिर जाने आउने क्रम बढी भएकोले ठाउँठाउँमा हेल्प डैसक स्थापना गरिएको तथा यात्रुहरुलाई पनि कसैले बढी भाडा लिएको भए तत्कालै हेल्प डेस्कमा जानकारी गराउन डिएसपी थापाले अनुरोध गरे ।

Leave a review

This will close in 0 seconds