मधेस प्रदेशका मुख्यमन्त्री सोनलको राजीनामा स्वीकृत

रासस
312 पाठक संख्या

जनकपुर : मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’ ले प्रदेशप्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष बुझाउनुभएको राजीनामा स्वीकृत भएको छ ।

आज प्रदेशप्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) अनुसार मुख्यमन्त्री पदबाट दिनुभएको राजीनामा आज मिति २०८२ साल कात्तिक २२ गतेका दिन प्रदेशप्रमुखले स्वीकृत गर्नुभएको छ ।”

प्रदेशप्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जारी गर्नुभएको विज्ञप्तिमा नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न तोकिएको व्यहोरा उल्लेख गरिएको छ ।

Leave a review

This will close in 0 seconds