बीरगंज : पर्साको कालिकामाइ गाउँपालिका स्थित एक विद्यालयका डेढ दर्जन बिद्यार्थी अचानक बेहोस भएका छन ।
गाउँपालिकाको वडा नम्बर ४ कटी बालुवामा रहेका श्री ने.रा.मा. विधालयका विद्यार्थीहरु मध्यान्हदेखि सोमबार अचानक बेहोस भएका हुन्।
विद्यालयमा भएका बिद्यार्थीहरु अचानक बेहोस भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धिरजकुमार साहले जानकारी दिए ।बेहोस हुनेहरूमा विद्यालयका छात्राहरुको संख्या धेरै छ।
विद्यार्थीहरु बेहोस भएर लड्न थालेपछि पालिकाले एम्बुलेन्स बोलाएर पोखिरया अस्पतालमा पठाएको उनले बताए।
पोखरिया अपतालका मे.सु. डा. अनिल यादवका अनुसार १५ वर्षीय रोहित पासवानलाइ थप उपचारको लागि नारायणी अस्पताल वीरगञ्जमा पठाइएको थियो।
बाकी अधिकांश बिद्यार्थीहरु पोखरिया अस्पतालमै उपचार पछि घर फर्केका थिए।
बेहोस भएका सबै जना बिद्यार्थीहरुमा हातखुट्टा वटारिने,डर त्रास देखिने जस्तो लक्षण देखिएपनि के भएको हो भनी यकिन गर्ने अवस्था नरहेको उनले बताए ।बिद्यार्थीहरु अचानक बेहोस हुन थालेपछि उनीहरुका अभिभावकहरु पनि विद्यालयमा पुगेका थिए।

