कलैया : नेपाली कांग्रेस जिल्ला कार्य समिति बाराले प्रतिनिधि सभा क्षेत्रिय कार्य समिति (४ वटै क्षेत्र) बारालाई नाम सिफारिश गर्न निर्देशन दिएको छ।
नेपाली कांग्रेस बाराका कार्यालय सचिव अम्बिका प्रसाद यादवले प्रतिनिधि सभा क्षेत्रीय कार्य समितिलाई उम्मेदवारको नाम सिफारिश गर्न एक पत्र मार्फत अनुरोध गरेका हुन्। प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ तथा राष्ट्रिय सभा सदस्य पदका उम्मेदवारको नाम सिफारिस गर्न पत्रमा यादवले भनेका हुन्।
नेपाली कांग्रेस केन्द्रीय कार्यालय बी.पी स्मृति भवन, ललितपुर, नेपालको मिति २०८२ मंसिर १५ गते र २०८२ मंसिर १७ गतेको परिपत्र अनुसार प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ तथा राष्ट्रिय सभा सदस्य पदका उम्मेदवारको नाम सिफारिसको लागि हार्दिक अनुरोध गर्दछौं उनले क्षेत्रीय कार्य समितिमा पठाएको पत्रमा लेखेका छन्।
केन्द्रीय कार्यसमिति वि.पी. स्मृति भवन, ललितपुर, नेपाल र मधेश प्रदेश कार्य समितिको कार्यालय जनकपुरधाम, धनुषालाई बोदार्थमा पठाएका छन्।

