Sajhedari Daily
Latest News from Nepal

कोल्हबी वडा नम्बर ६ का ४३ जना छात्राहरुलाई साईकल बितरण

धिरेन्द्र पनुहर
कोल्हवी
प्रदेश २ मुख्य मन्त्रीको कार्यालय बेटि पढाउ बेटि बचाउ कार्यक्रम अन्तर्गत बारा कोल्हबी ननगरपालिका वडा नं. ६ स्थित जनता माध्यमिक विद्यालय ककडी प्रसौनामा अध्यनरत ४३ जना छात्राहरुलाई सोमवार साईकल बितरण गरिएको छ ।
विद्यालयका छात्राहरुलाई बारा क्षेत्र न १ (क) का प्रदेस सभा सदस्य त्रीलोक प्रसाद चौधरीले एक कार्यक्रमवीच साईकल बितरण गर्नुुभएकोे । सो अवसरमा वोल्दै प्रदेश सभा सदस्य चौधरीले छोरीहरुलाई पढाईमा आकर्षित गराउने उदेश्यले प्रदेश सरकारले यो कार्यक्रम लागु गरेको बताएका छन । उनले आउदो दिनमा अझै राम्रा राम्रा कार्यक्रमहरु समेत प्रदेश सरकारले लागू गर्दै जाने बताए ।
विद्यालयका प्रधानध्यापक गुुरुप्रुसाद चौधरीको अध्यक्षतामा आयोजत उक्त कार्यक्रममा समाजसेवी योगेन्द्र चौधरी, पुरनदेव चौधरीले मन्तव्य राखेका थिए । कार्यक्रमको सन्चालन शिक्षक राधा चौधरी र स्वागत मन्तव्य रामाकान्त चौधरीले गरेका थिए।