बारामा सडक दुर्घटना : इभी गाडीमा सवार श्रीमान-श्रीमती घाइते

साझेदारी दैनिक
415 पाठक संख्या

कलैया । बारामा सडक दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका – १० नितनपुर चौक बिरगंज पथलैया सडक खण्डमा सिमराबाट बिरगंज तर्फ जाँदै गरेको बा.प्र.०६-००१ ज ०१४२ नं को इभी गाडीले सोही दिशामा रोकी राखेको प्रदेश ०१-०२-००२ ख ०८५५ नं को ट्रकको पछाडी पट्टि ठक्कर दिदा उक्त दुर्घटना भएको हो ।

घाइते हुनेमा इभी गाडीमा सवार पर्सा जिल्लाको बिरगंज महानगरपालिका- ६ बस्ने अन्दाजी ५५ वर्षीय संजय अग्रवाल र सोही गाडीमा सवार उनको श्रीमती ५० वर्षकि पृति अग्रवाल देबी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

घाइतेहरुको बयोधा हस्पिटल बिरगंज पर्सामा उपचार भइरहेको बाराका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुरेश राज भट्टले जानकारी दिएका छन् ।

उक्त इभी गाडी चालक चितवनको भरतपुर महानगरपालिका ११ बस्ने अन्दाजी ३८ वर्षीय प्रेम राज गुरुङ्ग , ट्रक र ट्रक चालक उदयपुरको उदयपुरगढी गाउँपालिमा ७ बस्ने दिप राज कार्कीलाइ नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको उनले जानकारी दिए ।

Leave a review