कलैया : मधेस प्रदेशका सात स्थानीय तहमा अगामी मंसिर १६ गते उपनिर्वाचन हुने भएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर १ र ४ को वडा अध्यक्ष पदमा उपनिर्वाचन हुन गइरहेको हो। धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ को वडा अध्यक्ष पदमा उप निर्वाचन हुन गइरहेको हो।
महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर दुईको वडा अध्यक्ष पद रिक्त रहेको हो। रौतहटको ईशनाथ नगरपालिकाको वडा नम्बर ७ को वडा अध्यक्ष पद रिक्त हुन भएको हो। यस्तै रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्ष पद रिक्त रहेको हो।
रौतहटको गढीमाई नगरपालिका–८ मा वडा अध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगले उप निर्वाचनको लागि सम्बन्धित जिल्लामा मुख्य निर्वाचन अधिकृतलाई नियुक्त गरेको छ।
आयोगले सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर १ र ४ को वडा अध्यक्ष पदको उप निर्वाचनको लागि सप्तरी जिल्ला अदालतका न्यायाधिश दीपककुमार दाहाललाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको छ।
यस्तै धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ को वडा अध्यक्ष पदमा उप निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको रुपमा चुरामन खडकालाई आयोगले नियुक्त गरेको छ। खडका धनुषा जिल्ला अदालतका जिल्ला न्यायाधिश रहेका हुन्।
महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर दुईको वडा अध्यक्ष पदको उप निर्वाचनको लागि राजकुमार कोइरालालाई मुख्य निर्वाचन अधिकृतमा आयोगले नियुक्त गरेको छ। कोईराला महोत्तरीका जिल्ला न्यायाधिश हुन्।
रौतहटको ईशनाथ नगरपालिकाको वडा नम्बर ७ को वडा अध्यक्ष पदमा हुन गइरहेको उप निर्वाचनको लागि मनोज केसीलाई मुख्य निर्वाचन अधिकृतमा आयोगले नियुक्त गरेको छ। केसी रौतहट जिल्लाका जिल्ला न्यायाधिश हुन्।
यस्तै रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्ष पदमा हुन गइरहेको उपनिर्वाचनको लागि निर्वाचन अधिकृतमा आयोगले निर्वाचन अधिकृतमा उद्धवप्रसाद ढोडारीलाई आयोगले नियुक्त गरेको छ। ढोडारी रौतहट जिल्ला अदालतका श्रेष्तेदार हुन्।
रौतहटको गढीमाई नगरपालिका–८ मा वडा अध्यक्ष पदमा हुन गइरहेको उपनिर्वाचनको लागि मुहम्मद मुन्नालाई निर्वाचन अधिकृत बनाइएको छ। मुन्ना जिल्ला सरकारी वकिल कार्यालय रौतहटमा कार्यरत रहेका छन्।
आयोगले सोमबार देशभरीकै ४२ वटा स्थानमा हुन गइरहेको उपनिर्वाचनकोलागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई नियुक्त गरेको हो।

