समाजसेवी वाग्लेद्वारा दुर्गा मन्दिरमा १ कठा ४ धुर जग्गा दान

रञ्जन यादव
250 पाठक संख्या

जीतपुर : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–३ स्थित ईच्छा कोलोनीमा रहेको दुर्गा मन्दिरका लागि स्थानीय समाजसेवी तथा व्यवसायी इच्छा बहादुर वाग्लेले १ कठा ४ धुर जग्गा दान गरेका छन्। धार्मिक तथा सामाजिक गतिविधिको दीर्घकालीन विस्तारका लागि उक्त जग्गा औपचारिक रूपमा दुर्गा पूजा सेवा समितिको नाममा प्रदान गरिएको हो।

बुधबार आयोजित विशेष कार्यक्रममा १२ धुर जग्गाको लालपुर्जा मन्दिरको नाममा पास गरी हस्तान्तरण गरिएको छ। बाँकी १२ धुर जग्गा आफ्नी पत्नीको नाममा रहेकाले सिमरा आएका बेला छिट्टै मन्दिरकै नाममा पास गर्ने प्रतिबद्धता वाग्लेले जनाएका छन्।

दुर्गा मन्दिर सेवा समितिका अध्यक्ष सुशिल ढोडारीको अध्यक्षता तथा जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जग्गा हस्तान्तरण गरिएको हो। कार्यक्रममा वाग्लेले मन्दिर र समुदायको दीर्घकालीन हितलाई ध्यानमा राख्दै यो योगदान गरेको बताए।

करोडौँ रुपैयाँ मूल्य पर्ने उक्त जग्गा धार्मिक, सांस्कृतिक तथा सामाजिक प्रयोजनमा प्रयोग गरिने जनाइएको छ। वाग्लेले विगत एक दशकदेखि जीतपुरसिमरा क्षेत्रको विकासमा निरन्तर योगदान दिँदै आएको उल्लेख गर्दै मधेश प्रदेशमै पहिलो पाँचतारे होटल स्थापना गरी बाराको पहिचान अन्तर्राष्ट्रिय स्तरमा पु¥याएको दाबी गरे। उनले पर्सा राष्ट्रिय निकुञ्जलाई आगामी पाँच वर्षभित्र प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसमेत सार्वजनिक गरे।

कार्यक्रममा नगरप्रमुख पौडेलले वाग्लेको आर्थिक तथा सामाजिक योगदानको प्रशंसा गर्दै मन्दिर निर्माणलगायत सामाजिक कार्यमा उपमहानगरपालिकाबाट आवश्यक सहयोग रहने बताए। दुर्गा मन्दिर सेवा समितिले उल्लेखनीय समाजसेवाका लागि दाता वाग्लेलाई विशेष सम्मानसमेत प्रदान गरेको

Leave a review

This will close in 0 seconds