नेबिसँघले शुक्रबार साँझ गरेको बिरोध प्रदर्शनको क्रममा दुई पक्षबीच भएको झडपको बिषयलाई लिएर नेवि सँघले घोर भत्र्सना गरेको छ ।
नेबिसँघ केन्द्रिय समितिले शनिबार एक प्रेस बिज्ञप्ति जारी गरी झडपलाई लिएर भत्र्सना गरेको हो ।
प्रदर्शनको क्रममा सुरक्षाकर्मीहरुबाट अराजक शैलीमा शान्तिपूर्ण प्रदर्शनमा दमन, अमर्यादित र निन्दनीय घटनाले नेवि संघ केन्द्रीय कार्यसमिति स्तब्ध भएको उसले बिज्ञप्तिमा लेखेको छ ।
साथै परिचालित व्यक्तिहरुले नेवि संघ पर्सा जिल्ला अध्यक्ष रमेशकुमार यादव एवं उपाध्यक्ष द्वय राहुल पटेल र वर्कत अली लाई कुटपीट गरी गम्भीर घाइते बनाएका थिए ।
यो घटनाको बिषयमा सत्यतथ्य छानविन गरि दोषि लाई कानुनी कठघरामा उभ्याएर कानुन बमोजिम कारवाही गर्न गृह प्रशासनसंग विज्ञप्तिमा जोडदार माग गरिएको छ । घाईते भएका बिधार्थी नेताहरुको शिघ्र स्वास्थ्य लाभको कामना विज्ञप्तिमा गरिएको छ ।
यसैविच नेपाली काँग्रेस पर्साले शनिबार बिज्ञप्ति जारी गरि घटनाको भत्र्सना गरेको छ ।काँग्रेस पर्साका प्रबक्ता रमेश पाण्डेले विज्ञप्ति जारी गरेका हुन् ।
बिज्ञप्तिमा लोकतान्त्रिक ब्यवस्थामा सबैले आफनो बिरोध शान्तिपूर्ण रुपमा गर्न पाउनुपर्ने अधिकार भएपनि अन्य समूहले अवरोध गरी आक्रमण गर्ने कार्यको बिरोध विज्ञप्तिमा गरिएको छ ।
घटनाको बिषयमा निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन समेत कांँग्रेस पर्साले माँग गरेको छ ।

