बारामा १२ किलोभन्दा बढी गाँजासहित दुई जना पक्राउ

रासस
419 पाठक संख्या

कलैया । बारा प्रहरीले नियमित गस्तीका क्रममा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बारा जिल्लाको निजगढ नगरपालिका-११ रतनपुरबाट १२ किलो २३० ग्राम गाँजासहित दुई जनालाई मङ्गलबार पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वा सिरहाका ३५ वर्षीय फिरोज देवान र गौर नगरपालिका–९ का १९ वर्षीय तरबेज आलम रहेका बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

उनका अनुसार दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको छ।

Leave a review

This will close in 0 seconds