भाइटिका बारासहित देशभर हर्सोल्लासका साथ सम्पन्न

सन्तोष पाण्डे
295 पाठक संख्या

कलैया : यमपञ्चकको पाँचौ तथा अन्तिम दिन विहीबार तिहार अर्थात “भाइटिका“ बारा सहित देशभर हर्सोल्लासका साथ सम्पन्न भएको छ । तिहार अर्थात भाइ टीका तिहारको अन्तिम दिन कार्तिक शुक्ल द्वितीय तिथिका दिन मनाइने गरिन्छ । भाई टिका पर्वमा विशेषगरी दिदीले दाजुभाइलाई दिदी बहिनीले विधिपूर्वक पूजाआजा गरि टिका लगाईदिने प्रचलन छ ।

बाराको १६ वटै पालिकाहरु अन्तरगत जितपुरसिमरा, कलैया, निजगढ, कोल्हवी, जितपुर, डुमरवाना, फत्तेपुर,करैयामाई, बारागढी, प्रसौनी लगायतका पालिकाहरुमा पनि निकै उत्साहका साथ भाई टिका पर्व धुमधामका साथ मनाएका छन । यो पर्वमा दिदीबहिनीहरुले दाजुभाईहरुलाई मिठो खानेकुरा, मिष्ठान आदि मनपर्ने कुरा ख्वाउने र दाजुभईरले दिदी बहिनीहरूलाई दान–दक्षिणा आदि दिने परम्परा रहेको छ।

यो बर्षको भाई टिकाको विहीबार ११ बजेर ५५ मिनेटमा टिका लागाउने साईत थियोे । यो शुभ साइतमा दाजू–भाइहरू पश्चिम मुखासन भई बस्ने तथा दिदीबहिनीहरू पूर्वाभिमूख भई दाजू–भाइहरूलाई टिका लगाई शुभाशिष दिई दहीको सगून ख्वाउनु उत्तम हुने बताईन्छ । किंवदन्ति अनुसार आजैको दिन यमराजले पनि आफ्नो बहिनीसँग यमपञ्चकको पाँचौ दिन टिका लाउँदा बहिनीले वरदानस्वरुप हरेक वर्ष दाजूलाई यसैगरि टिका लगाउन र पुज्न पाँउ भन्ने कुरा मागेकाले भाइटिकाको चलन रहेको छ ।

दशैं पश्चातनै दाजूभाइलाई भाइटिकाको निम्तो दिने चलन छ । यसरी निम्तो पाएका दाजूभाइहरु आजकै दिन दिदीवहिनीसंग टिका लगाउँदछन् । टिका लगाउनुपूर्व दिदीबहिनीले दाजूभाइलाई विशेष पूजा गर्नकालागि भूँईमा चकटि ओछ्याएर बसेको ठाँउ वरिपरि कलशमा तेल–पानी राखेर हरियो दूवोबाट पातलो धारा बगाउँदै पाँचपटक अथवा सात पटक घुमेर घेर्ने कार्यबाट पूजा प्रारम्भ गरिन्छ ।

Leave a review

This will close in 0 seconds