लागूऔषध गाँजासहित सिम्रौनगढबाट एक जना पक्राउ

साझेदारी डेलि
151 पाठक संख्या

बारा । बाराको सिम्रौनगढमा ७ किलो लागूऔषध गाँजासहित एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–६ गोलागंजका अन्दाजी ३० वर्षीय विश्वनाथ मलिक डोम रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार विशेष सूचनाको आधारमा सोमबार इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी नायब निरीक्षक सुन्दरकान्त मिश्राको कमाण्डमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

उनको घर सिम्रौनगढ नगरपालिका–६ गोलागंजमा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा ७ किलो गाँजा बरामद गरिएको निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुरेश राज भट्टले जानकारी दिएका हुन्।

उनका अनुसार पक्राउ परेका डोमलाई बारा जिल्ला अदालतबाट म्याद थप गरी लागूऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको छ।

Leave a review

This will close in 0 seconds