रौतहटमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु, एक जना गम्भीर घाइते

Subash Kumar Mishra
449 पाठक संख्या

रौतहट । रौतहटको गरुडामा टिपरको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मंगलबार दिउँसो करिब ४ बजे गरुडा चिनीमिल नजिक ढुङ्गा–गिटी बोकेर गुडिरहेको मधेश प्रदेश ०३–००१ क २५१६ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको ना २८ प ७२५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

मृत्यु हुनेमा मोटरसाइकल चालक कटहरिया नगरपालिका–६ फतेपुर निवासी २० वर्षीय शेख स्वयल रहेका छन् । सोहि मोटरसाइकलमा सवार उनका मामा २२ वर्षीय शेख आशिक पनि गम्भीर घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

Leave a review

This will close in 0 seconds