कलैया । बारामा चट्याङ लाग्दा एक बालिकाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बुधबार साँझ महागढीमाई नगरपालिका-९ पिपरा बिर्तास्थित खेतबाट घर फर्किरहेका बेला अचानक परेको चट्याङ लाग्दा कपिलदेव साहकी अन्दाजी १२ वर्षीया छोरी सन्जना कुमारी दासको घटनास्थलमै मृत्यु भएको हो।
सोही घटनामा मन्टु दासकी अन्दाजी ३० वर्षीया श्रीमती सरिता देवी दास घाइते भएकी थिइन्। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैयामा लगिएको थियो। सामान्य उपचारपछि स्वास्थ्य अवस्था सामान्य रहेकाले डिस्चार्ज गरी घर पठाइएको प्रवक्ता तथा सूचना अधिकारी मीन बहादुर घलेले जानकारी दिएका छन् ।
उनका अनुसार घटनाको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतीवडाको कमाण्डमा सोकोसहित प्रहरी चौकी तेलकुवाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।


