आज सुनको मूल्य घट्यो

रासस
83 पाठक संख्या

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा सुन तोलामा रु एक हजार ४०० र चाँदी रु ३० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५५५ कायम भएको छ ।

हिजो सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ८९ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५८५ प्रतितोला कायम भएको थियो ।

Leave a review

This will close in 0 seconds