बारामा सवारी दुर्घटनामा एघार जना घाइते

साझेदारी डेलि
670 पाठक संख्या

कलैया । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १० स्थित नितनपुर चोक नजिक आइतबार विहान भएको सडक दुर्घटनामा ११ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार वीरगंज -पथलैया सडकखण्डमा बीरगंजबाट सप्तरीको लागि छुटेको ना ७ ख २३५ नम्बर को बस सडक दुर्घटना भएको हो। ओभरटेक गर्ने क्रममा आफै अनियन्त्रित भई सडकमै पल्टिन गई दुर्घटना भएको हो।

घटनास्थलमा तत्काल इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी वरिष्ठ नायव निरीक्षक उमेश नरौलाको कमाण्डमा ५ जना, तथा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायव उपरीक्षक दिलिप क्षेत्रीको कमाण्डमा ५ जनाको टोली र सशस्त्र प्रहरी सुरक्षा वेश जितपुर बकुलिया बारा बाट सशस्त्र प्रहरी नायव उपरीक्षक विश्व योन्जनको कमाण्डमा ८ जनाको टोली खटेको थियो । घाइतेहरुलाइ तत्काल उद्दार गरी अस्पताल तर्फ पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक मीन बहादुर घलेका अनुसार बस चालक फरार रहेको र बस चालकको खोजतलाशको कार्य तथा घाइतेहरु सम्बन्धमा थप बुझ्ने कार्य भईरहेको छ।

घाइते भएकाहरुको नेशनल मेडिकल कलेज वीरगंजमा उपचार भईरहेको सूचना अधिकारी घलेले जानकारी दिए । सप्तरीको तिलाठि कोईलि गाउँपालिका १ बस्ने अन्दाजी ४२ वर्षीय कमलेश यादब टाउँको, घाँटिमा चोट लागेको छ। घटना सामान्य रहेको छ।

सोही ठाउँकी उनकी श्रीमति ३४ वर्षीया रुबि यादबको दाँहिने खुट्टा र ढाडमा चोट लागेको तथा अवस्था सामान्य रहेको छ। उनकी १५ वर्षीया छोरी सिवानी यादबको टाँउकोमा चोट लागेको तथा अवस्था सामान्य रहेको छ।

घाइते हुनेमा वीरगंज महानगरपालिका वडा नम्बर १३ बस्ने ६४ वर्षीय राम नरेश प्रसाद घाइते भएकाछन्। उनको बायाँ करङमा चोट लागेको तथा अवस्था सामान्य रहेको छ। बसका सह चालक सप्तरी कंन्चनरुप नगरपालिका –१ बस्ने ४७ वर्षीय नरेश पंजियारको बायाँ खुट्टामा चोट लागेको तथा अवस्था सामान्य रहेको छ।

पर्सा जिल्लाको पकहा मैनपुर गाउँपालिका–५ मा बस्ने २८ वर्षीय बस्ने धन्नजय प्रसाद चौरसियाको दाँया खुट्टामा चोट लागेको तथा अवस्था सामान्य रहेको छ। पर्सा जिल्लाको बहुदरमाई नगरपालिका -२ बस्ने रामनरेश यादबको श्रीमती ३४ वर्षीया सुनिता यादबलाई भित्रि चोट लागेको छ। अवस्था सामान्य रहेको छ।

यस्तै तराई हस्पिटल वीरगंजमा सिराहा करजना नगरपालिका–११ बस्ने अन्दाजी ६२ वर्षीय चिनि लाल श्रेष्ठ घाइते भएका छन्। उनको छातिमा भित्रि चोट लागेको छ।अवस्था गम्भीर रहेको छ।

सामान्य घाईते भई आ– आफ्नो गन्तब्यमा गई उपचार गराइ रहेका बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका ३ बस्ने ४० वर्षीय चन्द्र तामाङ घाइते भएका छन्। रौतहटको चन्द्रपुर नगरपालिका ६ बस्ने चिरन्जिबि घिमिरेको श्रीमती अन्दाजी ४५ वर्षीया दिपा घिमिरेको छाँतिमा भित्रि चोट लागेको तथा उनको अल्पाईन हस्पिटल सिमरामा उपचार भई रहेको प्रहरीले जनाएको छ।

तल्काल ठेगाना नखुलेको अन्दाजी ४० वर्षीय अमीत कुमार गुप्ता सामान्य घाइते भएको सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक मीन बहादुर घलेले जानकारी दिएका छन्।

Leave a review