गढीमाई इलेक्ट्रोनिक्स १० औँ वर्षमा प्रवेश

साझेदारी डेलि
71 पाठक संख्या

कलैया । बाराको कलैया उपमहानगरपालिका–१ हनुमान मन्दिर नजिक रहेको श्री गढीमाई इलेक्ट्रोनिक्सले ९ वर्ष सफलतापूर्वक पूरा गरी शुक्रबारदेखि १० औँ वर्षमा प्रवेश गरेको छ। उक्त अवसरमा केक काटेर वार्षिकोत्सव मनाइएको हो।

प्रोप्राइटर विजयकुमार स्वर्णकारका अनुसार गढीमाई इलेक्ट्रोनिक्स कलैयाकै पुराना तथा विश्वासिला इलेक्ट्रोनिक्स पसलमध्ये एक हो।

यहाँ स्यामसङ, हिमस्टार र होण्डाई लगायतका ब्रान्डका टिभी, फ्रिज, डिप फ्रिज, माइक्रोवेभ ओभन, वासिङ मेसिन, एसी, मोबाइल, पंखा, कुकर, राइस कुकर, मिक्सर, आइरन लगायतका विद्युतीय सामग्रीहरूको आधिकारिक बिक्री–वितरण हुँदै आएको उनले बताए ।

वार्षिकोत्सवको अवसरमा असार मसान्तसम्म सम्पूर्ण सामग्री खरिद गर्दा एमआरपी मूल्यमा २५ प्रतिशतसम्म छुट प्रदान गरिएको सञ्चालक स्वर्णकारले बताए ।

त्यसैगरी, स्यामसङ कम्पनीका मोबाइल, टिभी, फ्रिज लगायतका सामग्री ४० प्रतिशत डाउन पेमेन्टमा जिरो प्रतिशत ब्याजदरको ईएमआई सुविधासहित खरिद गर्न सकिने विशेष योजना पनि ल्याइएको उनले बताए।

उक्त कार्यक्रममा चन्दन स्वर्णकार, कर्मचारी, ग्राहक तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

Leave a review

This will close in 0 seconds