बारा । मिटरब्याज तथा अनुचित लेनदेनविरुद्ध जनकपुरबाट काठमाडौंसम्म पैदल मार्च गरिरहेका पीडितहरू बुधबार पनि बाराको निजगढस्थित नगर उद्योग वाणिज्य संघको सभाहलमा गृहमन्त्री सुधन गुरुङको प्रतीक्षामा बसेका छन्।
मंगलबार करिब पाँच घण्टा चलेको पहिलो चरणको वार्तापछि गृहमन्त्रीले थप गृहकार्य गरेर पुनः छलफल गर्ने प्रतिबद्धता जनाएका थिए। तर बुधबार उनी उधोग,नदि तथा पर्सा राष्ट्रिय निकुञ्जको अनुगमनमा व्यस्त रहेकाले दोस्रो चरणको वार्ता अहिलेसम्म सुरु हुन सकेको छैन।
पीडितहरूले फर्जी लिखत खारेज, मिटरब्याजसम्बन्धी विशेष कानुन, विशेष न्यायाधिकरण गठन र सम्पत्ति फिर्तालगायतका माग दोहोर्याउँदै वार्ताबाट सकारात्मक निष्कर्ष ननिस्किए काठमाडौंतर्फको पैदल यात्रा निरन्तर अघि बढाउने चेतावनी दिएका छन्।


