भोटेकोशी बाढीबाट बाराका दुई जनासहित ४१ जनाको उद्धार

साझेदारी डेलि
48 पाठक संख्या

बारा । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट प्रभावित बाराका दुई जनासहित ४१ जनाको उद्धार गरिएको छ।

उद्धार गरिएकामा बाराको सिमरा निवासी २८ वर्षीय सुदीप केसी र २८ वर्षीय कृष्णबहादुर श्रेष्ठ पनि रहेका छन्।

उद्धार गरिएका ४१ जनालाई थप व्यवस्थापन तथा आवश्यक सहयोगका लागि त्रिशूलीस्थित श्री नं. १ सैन्य तालिम केन्द्रमा राखिएको जनाइएको छ।

भोटेकोशी नदीमा आएको बाढीका कारण विभिन्न क्षेत्रमा फसेका तथा प्रभावित भएकाहरूको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी तथा उद्धार कार्य जारी राखेको छ।

Leave a review