डाबर नेपालले बिद्यालयलाई २४ थान बेन्च सहयोग

साझेदारी दैनिक
681 पाठक संख्या

रञ्जन यादब /
बाराको जीतपुुरसिमरा उपमहानगरपालिका वडा नं.२३ स्थित श्री आदर्श आधारभुुत बिद्यालयलाई २४ थान बेन्च बितरण गरिएको छ ।

उपमहानगरपालिकाको वडा नं.२३ को वडा कार्यालयको पहलमा बहुुराष्ट्रिय कम्पणी डाबर नेपालले बेन्च बितरण गरेको वडा अध्यक्ष अस्लम देवानले जानकारी दिनुुभयो ।

उद्योगका प्रबन्ध निर्देशक कैलाश चौरसियाले बिद्यालयका प्रधानध्यापक रामसनय हजरालाई बेन्च हस्तान्तरण गर्नुुभएको थियो । कार्यक्रममा डाबर नेपालका ब्यवस्थापक रामसनय हजराले उद्योगले आफनो सामाजिक उत्तरदायित्य अन्तर्गत बेन्च बितरण गरिरहेको जानकारी दिनुुभयो ।

Leave a review

This will close in 0 seconds