पर्साको गहवा माईमा दर्शनार्थीको भीड

रासस
38 पाठक संख्या

पर्सा । यहाँस्थित माईस्थान मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । नवरात्र प्रारम्भ भएसँगै यहाँका शक्तिपीठमा पूजार्चना गर्नेको चहलपहल बढेको छ ।

माईस्थानमा वीरगञ्ज महानगरसहित आसपासका क्षेत्र तथा छिमेकी मुलुक भारतबाट पनि भक्तजन आएका छन् । वीरगञ्जका प्रमुख बजारमा बनाइएका पण्डालमा देवीका मूर्ति आकर्षक रूपमा सजाइएका छन् । घण्टाघर, माईस्थान र विर्तामाई पण्डालले सुन्दर भएका छन् ।

स्थानीय पूजा समितिहरूले झिलीमिली बत्ती, आकर्षक तोरण र सजावटी प्रवेशद्वारमार्फत बजार तथा चोकचौराहालाई सिँगारेका छन् ।

Leave a review