कलैया : कलैयाको नवजन्म पुनः स्थापना केन्द्रमा कुटपिटबाट मृत्यु भएका प्रदिप मण्डलको न्यायको माग गर्दै परिवारजनले पत्रकार सम्मेलन गरेका छन् ।
बाराको सदरमुकाम कलैयामा रहेको बारा उधोग बाणिज्य संघको सभा हलमा आइतबार जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर १ बैंक रोडस्थित नवजन्म पुनः स्थापना केन्द्रमा बिहीबार राति कुटपिट गरी हत्या गरिएका कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुर बस्ने ३७ बर्षिय धिरेन्द्र भनिने प्रदिप प्रसाद मण्डलका परिवारजनले न्यायको माग गर्दै पत्रकार सम्मेलन गरेका हुन् ।
सुधार केन्द्रका सञ्चालक साहेब बाबु मन्सुर र उनका भाइ साहिल अलीलाई पक्राउ गर्नुपर्ने,पिडीतलाई न्याय दिनुपर्ने,सिसिटिभीको फुटेज सार्वजनिक गर्नुपर्ने,कुटपिट घटनामा संलग्न दोषीलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने साथै निर्दोष नफसुन र दोषी नछुटुन लगायतको माग गरेका छन ।
मेरो भाईको जबर्जस्ती कुटपिट गरि मारेको श्याम सुन्दर प्रसाद धानुकले बताएका छन् । साथै प्रहरीले मेरो भाईको हत्याको सत्य तथ्य छानबिन गरि सार्वजनिक गर्न माग गरेका छन् ।
मृतक मण्डलको १ छोरा र २ छोरी रहेको दिदी फुलमती देविले बताएका छन् । मण्डललाई दुई साताअघि परिवारले पुनःस्थापना केन्द्रमा राखेका थिए ।

