नेपाल निजामति कर्मचारी यूनियन बाराको आठौ जिल्ला अधिवेशनले अध्यक्ष पदमा हरिओम प्रसाद निर्वाचित हुनु भएको छ ।
समितिको खुल्ला उपाअध्यक्षमा बंजरंगी साह, समावेशी उपाअध्यक्षमा देवकुमार मण्डल, महिला उपाअध्यक्षमा सकुन्ताला चौधरी निर्वाचित हुनु भएका हो ।
सचिवमा गजेन्द्र कुमार यादव, सहसचिवमा बिनोद पंडित, कोषाअध्यक्षमा श्रीकेश कुमार यादव निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
त्यसै गरि समितिको सदस्यहरुमा सुदिप साह, गजेन्द्र कुमार यादव, मनिष प्रसाद कलवार, बिध्यानन्द यादव, रचना लामा, रिता चौधरी, पप्पु कुमार चौधरी र सरोज कुमार साह निर्वाचित हुनु भएको हो ।
त्यसतै केन्द्रीय प्रतिनिधीमा आयुष कुमार साह, मुकेश कुमार साह, युगलकिशोर सिह, सुरेन्द्र पोखरेल र अप्सरा तिवारी निर्वाचित भएको नव गठित अध्यक्ष हरिओम प्रसादले जानकारी दिनुभयो ।
अधिवेशनको उदघाटन करण्राज प्लालेस कलैयाको सभाहलमा नेपाली काँग्रेसका जिल्ला सभापति जयचन्द्र चौरसियाले एक कार्यक्रमका बिच उदघाटन गरेका थिए ।

