कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद प्रसाद साहको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे सहितको टोलीले कलैयाको नापी,भुमी सुधार तथा मालपोत कार्यालयमा छड्के अनुगमन गरेका छन् ।
मालपोत कार्यालयमा देखिएको विभिन्न समस्यलाई मध्यनजर गर्दै मंगलवार कलैया उपमहानगरपालिकाका नगर प्रमुख साहको सहित प्रमुख जिल्ला अधिकारी घिमिरेले मंगलवार यी दुई कार्यालयमा छड्के अनुगमन गरेका हुन् ।
भुमी सुधार तथा मालपोत कार्यालयका ९ जना कर्मचारीहरु समयमा उपस्थित नभएको र ४ जनाले सरकारी पोसाक नै नलगाएको उक्त छड्के अनुगमनका क्रममा भेटिएको छ । त्यस्तै नापी कार्यालयमा ४ जना कर्मचारी समयामा उपस्थित नभएको र ३ जना पोसाक नै नलगाएको भेटिए ।
तोकिएको कार्यालय समयमा नआएका कर्मचारीहरुलाई हाजिरी काटनलाई टोलीले कार्यालय प्रमुखलाई अन्तिम चेतावनी दिएर छोडिएको थियो ।
छड्केको क्रममा कलैया उपमहानगरपालिकाको नगरप्रमुख साहले भ्रष्टाचार गर्ने कर्मचारी र भ्रष्टाचार गराउने लेखापढी फेला परे मलाई तुरन्त जानकारी गराई प्रमाण पेश गरेमा कार्वाही गर्ने प्रतिवद्धता गरेका छन् । नगरप्रमुख साहले नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन बारा कलैयालाई कुनै पनि समस्य आएमा हामी नीर आउन साथै कानुन हातमा लिने प्रयास नगर्न उनले आग्रह गरे ।
अनुगमन पश्चात जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख घिमिरेले कर्मचारीहरुलाई सहि समयमा,पोसाक तथा आ– आफ्नो परिचय पत्र सहित कार्यालयमा आउन निर्देशन दिनुभएको छ ।
आजदेखि कार्यालयमा भएको गतिविधिको बारेमा सेवाग्राहीहरुबाट गुनासो आयो भने कर्मचारीलाई अब नछाड्ने प्रजिअ घिमिरेले चेतावनी दिएका छन । कर्मचारीहरुले तोकिएको फाटमा कार्यालय समयमा आफ्नो कुर्सीमा नभेटेपछि कार्वाही गर्ने समेत चेतावनी उनले दिए ।
आकस्मिक कार्यालयमा आएर सिसि टिभी क्यामरा चेक गर्ने समेत बताए । सेवाग्राहीहरुको काम छिटो र छरितो गर्न समेत कर्मचारीहरु लाई आग्रह गरे । मालपोत कार्यालयमा भु– प्रणाली दर्ता रहेका कर्मचारीहरुले आ–आफ्नो परिचयपत्र लगाई कार्यालयमा प्रवेश गर्न आग्रह गरेका छन् ।
प्रजिअ घिमिरेले कर्मचारीहरुलाई हुने काम गर्ने र नहुने काम कसैको पनि दबाब वा आर्थिक चलखेल गरेर गरेको पाईएमा कारवाहीमा परिने स्मरण गराए । सार्वजनिक जग्गा दर्ता गर्ने वा दलाली गर्नेमाथी अनुसन्धानको प्रक्रिया अगाडि बढाउने घिमिरेले बताए ।
अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवम प्रहरी उपरिक्षक महेन्द्र खड्काको पनि सहभागिता रहेको थियो ।
अनुगमन पश्चात आयोजित वैठकमा प्रजिअ घिमिरेले जिल्ला प्रशासन कार्यालय बारामा १ सय ७३ वटा सार्वजनिक जग्गाको उजुरी परेको बताए । उजुरी परेको सार्वजनिक जग्गाको छानबिन तथा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाए ।
त्यस्तै मालपोत कार्यालय कलैयाको प्रमुख राजेश गिरीले लेखापढी व्यवसायी मध्ये ५६ जनाले भु सेवा प्रणाली कार्यालयबाट प्राप्त गरेपनि यहाँ सात सय ५८ जना लेखापढी व्यवसायी कार्यरत रहेका बताए । अब मैले ५६ जनालाई मान्याता दिने कि सात सय ५८ जनालाई भनि उल्टै प्रश्न तेर्साएका छन्।
भु सेवा प्रणाली गर्ने लेखापढी व्यवसायीले तिन सय भु सेवा सहमति पत्रमा लेख्दा पनि सेवा ग्राहीहरुसँग दुई हजार माथि लिने गरेको गुनासो आईरहेको उनको भनाई छ ।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन बारा कलैयाको अध्यक्ष बृजकिशोर यादवले हामी कार्यालयलाई सहयोग गरेका छौ। पारिश्रमिक बापत दुई हजारदेखि तिन हजारसम्म लिने गरेतापनि त्यसको बिल भौचर उपल्बध गराएका छौ।
मालपोत कार्यालयका कर्मचारी समयमा कार्यालय नआउँदा र श्रेस्ता ईन्ट्री नभएको कारण एक दिनमा हुने काम तीनदिन देखि हप्तौं लाग्ने गरेको यादवले टोलीलाई बताए ।

