रबिन्द्र प्रसाद साह/
तीन दिनदेखि अबिरल रुपमा भैरहेको वर्षाका कारण जिल्लाका अधिकांश भाग डुबानमा परेको छ ।जिल्लाको कलैया उपमहानगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका, कोल्हवी नगरपालिका, निजगढ नगरपालिका, फेटा गाउँपालिका लगायत सवै पालिका सहित बारा जिल्लाकै अधिकांश भाग डुबानमा परेको हो ।
पानीका कारण हजारौँ हेक्टर क्षेत्रफलमा लगाइएको धान बालि, तरकारी खेति, पशुपालनका लागि लगाइएको घाँसपात लगायतका सबै क्षेत्रमा क्षति पुगेको छ ।
लगातारको बर्षाले जिल्ला विभिन्न पालिका अन्र्तगतका नदि तथा खोलाहरुले धार परिवर्तन गरि बस्तीतर्फ पानी पसेको छ । जिल्लाको ठुला नदिहरु लालबकैया, पसाहा, दुधौरा, बालगंगा नदिले धार परिवर्तन गरि बस्ती तथा खेतियोग्य जमिनमा पस्दा ठुलो क्षति भएको छ । नदिहरुको बाढी पसेर हजारौँ हेक्टर जमिनमा लगाईएको धान खेतमा क्षति पुराएको स्थानीय पालिकाहरुले जनाएका छन ।
तीन दिनदेखीको अविरल बर्षासँगै जिल्लाका अन्य सासाना नदि, खोला ,पैनीहरुमा बाढी आएको बाढी र पानीले धेरैजसो गाउँघर डुवानका कारण जनजीवन प्रभावित भएको छ । भारी बर्षाले गर्दा कतिय ठाउहरुमा पुसका घरहरु र खपडाका घरहरुमा समेत क्षति भएको छ ।
जिल्लामा हालसम्म मानवीय क्षति भने नएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी गराएका छन । तर कतीपय खपडा र फुसका घरहरु पनि भत्केका छन भने कति मानिसहरुको घरमा बस्ने वातावरण विग्रेको छ।
त्यसैगरी दैनिक ज्यालादारी गरी कमाउने र आफ्नो जिविकोपार्जन गर्ने परिवारलाई पनि यस बर्षाले प्रभाव पारेको छ ।
तीनदिनदेखी लगातार परेको पानीले जिल्लाको सदरमुकामा कलैया पनि जलमग्न भएको छ। पानीको निकाय नहुदा घरभित्र पानी पसेको कारण समस्यामा परेको रामलाल साहले बताए।