Sajhedari Daily
Latest News from Nepal

बीरगञ्जबाट ११ लाखको अबैध सामान बरामद

Top Aside Banner

भारतवाट अवैध रुपमा नेपाल ल्याइएको ११ लाख भन्दा बढीको अबैध खाद्यान्न, लताकपडा र मोटर्स पार्टसका समानहरु पर्सा प्रहरीले बुधवार बरामद गरेको छ ।

प्रहरीले भारतबाट भन्सार छलेर ल्याईएको उक्त सामानहरु बीरगञ्ज महानगरपालिका १६ ईनर्वाबाट बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले ११ लाख ६ सय २५ रुपैया बराबरको अबैध सामानहरु बरामद गरेको जानकारी गराएको छ ।

बरामद गरिएको अबैध सामानहरुलाई आवश्यक कारवाहीको लागी बीरगंज भंसार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।