बाराको कलैयामा शुक्रवार सत्ता साझेदार राजनीतिक दलहरूले टायर बालेर प्रदर्शन गरेका छन् ।
नेपाली कांग्रेस जिल्ला सचिव भैयाराम यादवलाई मंगलबार जिल्ला प्रहरी कार्यालय बारा भित्रै प्रहरी नायब उपरिक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरिक्षक रुपेश साहलगायतले निर्घात कुटपिट गरी घाइते बनाएर केही घण्टा नियन्त्रणमा लिइएको घटनामा संलग्नलाई निलम्बनको माग गर्दै सत्ता साझेदार राजनीतिक दलहरूले टायर बालेर कलैयाको भरत चोकमा प्रदर्शन गरेको हुन ।
घटनाको चार दिनसम्म भएपनि छानबिनमा चासो नदेखाएको भन्दै नेपाली कांग्रेस र नेकपा एस सहितका दलका नेताहरूले शुक्रबार पनि प्रहरी विरूद्ध नाराबाजी गर्दै कलैयाको भरत चोक र जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । सयौको संख्यामा प्रहरी ज्याजती विरुद्ध निकालिएको जुलुसले प्रहरी र प्रहरी अधिकृत विरुद्ध विभिन्न नारा सहित कलैया नगरपालिकाको विभिन्न भागको परिक्रमा गरि भरत चौकमा कोण सभा तथा प्रर्दशन गरिएको हो ।
करिव एक महिना अघि सवारी दुर्घटनामा महागढीमाई नगरपालिका–७ बेनौली निवासी २० वर्षीय सुनिल यादवलाई पर्सा जिल्लाको पिकअप भ्यानले ठक्कर दिएर घाइते बनाएपछि उपचारको क्रममा अस्पताल भर्ना भएकोमा पीडकबाट उपचार खर्च दिलाउने विषयमा नेता भैयाराम यादव प्रहरी कार्यालय पुगेका थिए । छलफलकै क्रममा प्रहरी निरिक्षक रुपेशले यादवलाई निर्घात कुटपिट गरेको विरुद्ध शुक्रबार तेस्रो दिनपनि प्रदर्शन भएको हो ।
‘निलम्बन नगरिएसम्म आन्दोलन नरोकिन्ने नेपाली काँग्रेस बाराका जिल्ला सचिव राजेश रौनियरले बताउदै भन्ने निलम्बन हाम्रो प्रमुख माग हो ।’ त्यसपछि छानबिन गरी दोषीलाई विभागीय वा अन्न्य कारबाही हुनुपर्ने उनले बताए ।
प्रहरीको कुटाइले यादवको शरीरका विभिन्न ठाउँमा चोट लागेको छ । उनी वीरगन्ज–१४ बहुअरीस्थित स्पर्श मल्टीस्पेस्लिटी अस्पतालमा उपचाररत छन् । कुटपिट गर्ने प्रहरीलाई निलम्बनसहित कारबाही गर्नुपर्ने माग गर्दै दलहरूले स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाएका थिए । घटनाको विषयमा प्रदेश प्रहरी कार्यालयले छानबिन समिति बनाएको प्रहरी स्रोतले बताएको छ ।

