सुधार गृहबाट दुई जना बालकैदि भागे

राम मण्डल
368 पाठक संख्या

राम मण्डल/

वीरगंजमा रहेको बाल सुधार गृहबाट शुकबार बिहान दुई जना बालकैदिहरु भागेका छन ।

उनीहरु सुधार  गृहको सुरक्षा घेरा तोडेर फरार भएका हुन ।वीरगंज महानगरपालिका–४ बिर्तामा रहेको सुधार गृहबाट दुबै जना फरार भएका पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।

फरार भएका दुबै जनाको खोजी कार्य भइरहेको उनले बताए । फरार भएका दुबै जना बाल कैदिहरु जबर्जस्तीकरणी र कर्तव्य ज्यान मुद्दामा सुधार गृहमा रहेका थिए ।

वीरगंजको बाल सुधार गृहमा केही दिन पहिले कैदीबीच झडप समेत भएको थियोे। सोक्रममा बाल कैदी र प्रहरी हरु घाइते भएका थिए ।

सुधार गृहमा क्षमता भन्दा बढी बालकेदि बन्दिहरु रहदै आएका छन ।उनीहरुलाई सोहीकारण त्यहाँ खान बस्न समेत समस्या हुने गरेको छ ।

 

Leave a review