मिथिला सारथी समाजले बालिकामाथि भएको जर्बजस्तीकरणी घट्नाको बिरोध

साझेदारी दैनिक
450 पाठक संख्या

साझेदारी संबाददाता/

बारा स्थित मिथिला सारथी समाजले निजगढ नगरपालिका वडा नं.१२ मा अपाङ्गता भएका ११ बर्षिय बालिकामाथि भएको जर्बजस्तीकरणी घट्नाको बिरोध गरेको छ ।

उसले प्रेस बिज्ञेप्ति निकाल्दै बालिकालाई पिडक पक्षले उपचारका लागि कुनै पनि चासो नदेखाएको र अर्थिक रुपमा केही साथ र सहयोग नगरेकोमा आपत्ती जनाएको छ ।

घट्नाको सत्यतथ्य अनुसन्धान गरी पक्राउ परेका पिडक सोही ठाउँ निवासी ६४ वर्षिय वृद्ध सोम बहादुर लुङ्गवार (राना साईला) लाई जेल चलान गर्न समेत बिज्ञेप्तिमा माग गरिएको छ ।

घट्नाको अनुसन्धानमा ढिलासुस्ती भएमा मिथिला सारथी समाज आन्दोलन गर्न बाध्य हुने भनिएको छ ।

असोज ५ गते शुक्रबारका दिन आमा घरमा नहुदाँ पूृर्ण रुपमा असक्त ११ एघार वर्षिया नबालिकालाई ६४ वर्षिय वृद्ध लुङ्गवारले घर नजिकै बख्ररा गोठालो गएको क्रममा घरमा कोही मान्छे नभएको मोका छोपेर जर्बजस्तीकरणी गरेको आरोप लागेको छ ।

 

Leave a review

This will close in 0 seconds