बाराका स्थानीय तहमा कार्यरत कर्मचारीहरू आन्दोलनमा

रञ्जन यादव
345 पाठक संख्या

बिभिन्न मागहरु राख्दै देशैभरका स्थानीय तहमा कार्यरत कर्मचारीसँगै बाराका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।

जिल्लाको जीतपुरसिमरा उपमहानगरपालीका कलैया उपमहानगरपालिका लगायत १६ वटै स्थानीय तहमा कार्यरत कर्मचारीहरू नगरको कामकाज ठप्प पारेर धर्नामा बसेका छन् ।

उनीहरुले आज आइतबार नगरको सवै काम ठप्प पारी पेन डाउन गरेका छन् ।

केहीदिन देखी हातमा कालोपट्टी बाँधेर विरोध जनाइरहेका कर्मचारीहरुले आइतबार पेन डाउन गरी सेवाग्राहीको कामलाई ठप्प पारेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालीकामा कार्यरत इन्जिनियर संञिव रुपाखेतीले कार्यलयको सवै शाखा र सेवाग्राहीको कामकाज बन्द गरी आन्दोलित रहेको बताएका छन् ।

संघीय निजामती ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने तथा स्थानीय तहका कर्मचारीलाई निजामतिको परिभाषाभित्र समेट्नुपर्ने लगाएतका बिभिन्न माग उनीहरुको छ ।

Leave a review