चाडपर्बको मुखमै वीरगञ्ज लगायत पर्सा जिल्ला भरि नै चोरी र अपराधिक घटनाहरुमा बृद्धि भएको छ ।
पछिल्ला केही हप्तामा वीरगञ्जको मुख्य चोकमै चोरीका घटनाहरु भएका छन भने चोरीको क्रममा हत्या भएको अपरिाधिक घटना पनि जिल्लामा घटेका छन ।
पछिल्लो हप्ता वीरगञ्जको घण्टाघरको बती र अहिले फेरि शँकराचार्य गेटको पनि चोरहरुले चोरी लगेको तथा तोडफोड गरिलिएका छन ।
वीरगञ्जकै छपकैयामा र जगरनाथपुर गाउँपालिकामा दुई जना महिलाहरुको चोरी गर्ने क्रममा चोरहरुले हत्या नै गरिदिएका छन ।यधपि उनीहरुको हत्यामा सँलगनलाई पर्सा प्रहरीले पक्राउ समेत गरिसकेकेको छ ।
पर्साको सदरमुकाम वीरगञ्ज महानगरपालिकासहित जिल्लाकै शान्ति सुरक्षामा कमि महसुस हुदै गएको सरोकारवालाहरुले बताएका छन ।
सदरमुकामसँगै जिल्ला भरिमा मानिसका हत्या,चोरी लगायतका घटनाहरुमा बृद्धि भएको स्थानीय एवम् राजिनितीक दलका नेताहरुले पनि बताएका छन ।
गत हप्ता मात्रै वीरगञ्जको मुख्य चोक घण्टाघरमा जडान गरिएको बती चोरी भएको थियो ।अहिले फेरि शँकराचार्य गेटको पनि बती चोरी भएको छ ।
त्यस्तै मोटरसाईकल चोरीका घटनाहरु भएको तथा वीरगञ्जमा नै चोरी र अपराधिक घटनामा भएकोले प्रहरी प्रशासनको ध्यान चुकेको जनमत पार्टी पर्साका सह ईन्चार्ज मुकेश द्विबेदीले बताए ।
वीरगञ्ज लगायत पर्सा जिल्लामा नै दिन दहाडै चोरी र हत्याका घटनाहरु भएका छन । यता पर्सा प्रहरीले भने शान्ति सुरक्षा चुस्त दुरुस्त बनाएको बताएको छ ।
पर्साका प्रहरी उपरिक्षक कोमल बिक्रम शाहले घटनाका अभियुक्तहरुलाई पक्राउ गरिएको र घटना हुन नदिन पनि प्रहरी परिचालन गरिएको दाबी गरे ।
वीरगञ्जको छपकैयामा चोरीको क्रममा पुनम सर्राफ र जगरनाथपुर गाउँपालिकाकी कान्ति देबीको हत्यामा सँलगनलाई पर्सा प्रहरीले पक्राउ गरिसकेको उनले बताए ।
प्रहरीहरु घटना हुन नदिनकै लागि खटिएको भएपनि घटनाहरु भईहाल्ने भएकाले त्यसलाई रोक्न लागिपरेको प्रहरी उपरिक्षक शाहको भनाई छ ।


