धीरेन्द्र पनुहर/
बाराको कोल्हवी नगरपालिका वडा नम्बर ४ सपहिमा रहेको अटुट बचत तथा ऋण सहकारी सस्था १२ औ साधारण सभा एक कार्यक्रमकोबिच शुक्रवार सम्पन्न भएको छ ।
कोल्हवी स्थित होटेल मिस्टिक तराईमा सम्पन्न उक्त साधारणसभाको कोल्हवी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरीले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख चौधरीले आज सम्म अटूट बचत तथा ऋण सहकारी सस्था बाहेक यस कोल्हबी नगरपालिकाको कुनै पनि सहकारी सस्थाले एम्बुलेन्स सेवालाई निरन्तरता दिन सकेको बताए ।
सहकारीमा आवद्ध शेयर सदस्यहरुलाई केवल पैसा राख्ने र झिकने काम नगरी भविष्यको लगी बचत गर्ने बानी बसाल्न नगर प्रमुख चौधरीले भन्नुभयो ।
कार्यक्रममा लेखा समिति संयोजक मुनिकांत चौधरीले आ.ब ७९ ÷ ८० मा एक करोड़ त्रिचालीस एकाइस हजार चार सय बतीस रुपैया चौबीस पैसाको कारोबार रहेको जानकारी गराउनु भयो ।
सस्थाका अध्यक्ष चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपमेयर लक्ष्मी कुमारी चौधरी,थारु कल्याणकारणी सभाका सभापति रामप्रसाद चौधरी,कोल्हबी नगरपालिका वडा नम्ब ३ का अध्यक्ष किशुनादयल चौधरी,समाजसेवी हरिनारायण चौधरी,गरिबि उत्थान बचत तथा ऋण सहकारी सस्था तेतरियाको अध्यक्ष द्वारिका चौधरी,कोल्हवी वडा नम्बर ३ का अध्यक्ष किशुनदयाल चौधरी,साना किसान कृषी सहकारी सपहिका प्रतिनिधि चन्द्रमाया गिरी लगायतकाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य सस्थाका उपाध्यक्ष सन्ध्या राय चौधरीले गर्नु भएको थियो भने संचनाल सस्थाका सचिव हितेंद्र चौधरीले गर्नु भएको थियो ।


