बाराको १६ वटै स्थानीय तहहरुले मिलेर पिसिआर मेसिन खरिद गर्ने

साझेदारी दैनिक
साझेदारी दैनिक 753 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब/
बाराको १६ वटै स्थानीय तहहरुले मिलेर पिसिआर मेसिन खरिद गर्ने निर्णय गरेका छन् । जिल्लामा आज बसेको बिपत ब्यवसथापन समितिको बैठकले सबै स्थानीय तहहरुको स्वामित्व कायम हुने हिसाबले पिसिआर मेसिन खरिद गर्ने निर्णय गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो ।

पिसिआर खारिद र ब्यवस्थापनको लागि लाग्ने कुल खर्चको १४.५ प्रतिशत प्रत्येक उपमहानगरपालिकाले,७ प्रतिशत प्रत्येक नगरपालिकाले र ४ प्रतिशत प्रत्येक गाउँपालिकाले ब्यहोर्ने सहमती भएको छ । यसरी खरिद खरिएको पिसिआर मेसिन नारायणाी अस्पताल बिरगंज पर्सासँग द्धिपक्षीय समझदारी हुनेछ ।

आवश्यक जनशक्ति तथा ब्यवस्थापनको संयोजन स्वास्थ्य कार्यालय बारा ,कलैयाका प्रमुखले गर्ने बाराका प्रमुख जिल्ला अधिकारी पण्डितले बताउँनुभयो । यसभन्दा अगाडि जितपुरसिमरा उपमहानगरपालिका,कलैया उपमहानगरपालिका र महागढीमाई नगरपालिकाले आ आफनो क्षेत्रको संक्रमण आशंकित ब्यक्तिहरुको स्वाब परिक्षणको लागि छुटछुटै पिसिआर मेसिन खरिद गर्ने निर्णय गरेका थिए ।

बिपत ब्यवस्थापन समितिले पिसिआर मेसिन खरिद र ब्यवस्थापनको खर्च २ करोड भन्दा बढी अनुमान गरिएको छ । सबै स्थानीय तहहरुले आफना पालिका क्षेत्रहरुमा संक्रमणको आशंकित ब्यक्तिहरुको परिक्षणको लागि उपमहानगरपालिकाले ४ हजार,नगरपालिकाले २ हजार र गाउँपालिकाले १ हजार थान भिटिएम मेसिन खरिद गर्ने बैठकले निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

जिल्लामा २ वटा उपमहानगरपालिका ,५ वटा नगरपालिका र ९ वटा गाउँपालिका रहेका छन् । बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितको अध्यक्षतामा बसेको बैठकमा , जिल्ला समन्वय समिति बाराका प्रमुख स्थानीय तहका प्रमुख ,प्रमुख राजतैतिक दलका प्रतिनिधिहरु र सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

समाचार शेयर गर्नुहोस
Leave a review