वार्षिकोत्सवमा त्रिपन्न जनाले गरे रक्तदान

साझेदारी दैनिक
296 पाठक संख्या

वीरगञ्जमा शनिबार एक कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् ।

सामुदायिक रेडियो नारायणी एफएमले आफनो १८ औ बार्षिकोत्सवको अवसरमा रेडियोको कार्यालय रहेको लिंक रोडस्थित होटेल कुमु प्यालेसमा सो कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा सात जना महिलाले रक्तदान गरेका थिए । ४६ जना पुरुषले सो कार्यक्रममा रक्तदान गरेका हुन् ।

रक्तदान गर्ने महिलामा अपसाना खातुन,नुतन सरवागी,निलम सिँह,शुभ कृति सिँह,दिर्घ कुमारी थापा,रिजा भट्टराई रहेका हुन् ।

रक्तदान जीवन दान भन्ने मूल नाराका साथ जगमोहन पटेल, सुरेन्द्र राम,प्रभाकर अधिकारी,अजय महतो,रघुनाथ तिमलसिना,सुजन पौडेल,बिजय रौनियार,अर्जुन श्रेष्ठ लगायत रहेका छन ।

रेडियोका अध्यक्ष गोबिन्द देवकोटाको अध्यक्षतामा सो कार्यक्रम भएको हो ।

रक्तदान कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाईटी पर्साका अध्यक्ष वीरेन्द्रराज कँडेललाई देवकोटाले ब्लड ब्याग हस्तान्तरण गरेका थिए ।कार्यक्रमको प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य सँघ मधेस प्रदेशका निवर्तमान अध्यक्ष गणेश लाठ,नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान लगायतको उपस्थिति रहेको थियो ।

रेडियोको बार्षिकोत्सवको अवसरमा मानव जीवन बचाउन महत्वपूर्ण भूमिका खेलने तथा मानिसको जीवन रक्षाको लागि अन्य कार्यक्रमहरु नभई रक्त दान कार्यक्रम गरिएको नारायणी एफएमका अध्यक्ष देवकोटाले साझेदारी दैनिकलाई जानकारी दिए।

Leave a review

This will close in 0 seconds