सम्ब पुराण ज्ञानयज्ञको अवसरमा कलश यात्रा

रञ्जन यादव
465 पाठक संख्या

बाराको निजगढमा कलश यात्रा निकालिएको छ ।

निजगढ नगरपालिका वडा नं.८ बकैया पुल स्थित सप्तऋषि धर्मशाला परिसरमा कलश यात्रा निकालिएको हो ।

सम्ब पुराण ज्ञान यज्ञको अवसरमा बिहिबार कलश यात्रा निकालिएको हो ।बकैया नदीबाट धार्मिक विधि अनुसार कलशमा जल भरिएको हो ।

पूर्वपश्चिम राजमार्गको शहीद चोकसम्म पुगेर शोभा कलश यात्रा कथा बाचनस्थल सम्म पुगेर समापन भएको थियो ।श्रीराम प्रतिष्ठानको संयोजकत्वमा सप्तऋषि सेवा समितिको आयोजनामा सो यज्ञ हुन गइरहेको हो ।

भगवान् सूर्यको पूजा–आराधना,भजन किर्तन सहितको सम्ब पुराण ज्ञानयज्ञको बुधबार साँझ पूर्वाह्न गरिएको थियो ।यज्ञमा विभिन्न स्थानबाट पण्डितहरु आइपुगेका छन् ।

राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको सहभागिता रहने छ । यज्ञका अवसरमा ग्रह पूजा लगायतका विभिन्न कार्यसमेत गरिने छ ।

भक्तजनहरुले यस अवसरको सदुपयोग गर्न आयोजक समितिकी अध्यक्ष विष्णु नेपालले आग्रह गर्नुभयो ।

Leave a review