रौतहटको मौलापुरमा आम जनता पार्टीको भ्रातृ संगठन आईटी आर्मीको तेस्रो राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रम
सम्पन्न भएको हो।
शनिबार जिल्लाको मौलापुर नगरपालिका स्थित रहेको बहु प्राविधिक शिक्षालयको प्राङ्गणमा आयोजित आईटी आर्मीको तेस्रो राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले देशलाई सङ्कटबाट निकास दिन अन्तरिम सरकार गठनको विकल्प नभएको बताए ।
अध्यक्ष साहले भने वर्तमान संवैधानिक व्यवस्था असफल भएकाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्थामा जानुको विकल्प नरहेको बताए । देशलाई ठोस निकास दिन वर्तमान सरकार असफल भएकाले तत्काल विघटन गरी अब अन्तरिम सरकार गठन गर्नुपर्नेमा जोड दिए ।
अन्तरिम सरकार गठनमा कुनै तत्त्व बाधक भएमा देश र जनताको पक्षमा आईटी आर्मीले अर्ध सैन्य शक्तिको बलमा समानान्तर सरकार निर्माण गरेर अगाडि बढ्नुपर्ने बताए। उनले यस विषयमा सबै देशभक्त युवाहरूलाई गम्भीर हुन आग्रह गरेका थिए।
अध्यक्ष साहले नेपाल सेनाको विकल्पमा आफ्नै आईटी आर्मी सेना तयार गर्ने बताउँदै विदेश बस्दै आएको नेताका छोरा छोरीको सम्पत्ति,पुँजीपतिको सम्पत्ति माथि झन्डा गाड्ने योजना रहेको बताए।
आम जनता पार्टीको स्थापना दिवसको शुभ अवसरमा हजारौं युवाहरूको सहभागिता तथा आईटी आर्मीका संस्थापक अध्यक्ष चन्द्र भुषण साहको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमले भ्रष्टाचारको विरूद्ध शशक्त संघर्ष गर्ने प्रतिबद्धता सहित राजनीतिक दस्तावेज समेत पारित गर्दै नयाँ नेतृत्वको चयन गर्ने भएको छ ।
झण्डै ५ दिनसम्म चलने ऐतिहासिक भेला तथा प्रशिक्षण कार्यक्रमको पूर्ण सफलताकालागी आजपा उपाध्यक्ष एवं सभासद तिलक थापा,महासचिव उपेन्द्र साह,उपमहासचिव अरुण घिसिङ्,सचिवद्वय पूर्वसांसद समिना हुसैन र ज्ञानेन्द्र तामाङ्, स्थायी कमिटी सदस्य धर्मेन्द्र सापकोटा,प्रदेश ईन्चार्ज सुधीर यादव लगायतका नेताहरूले आ-आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।

