जनकल्याण मध्यवर्ती साकोसको २१ औँ सधारणसभा सम्पन्न

रञ्जन यादव
192 पाठक संख्या

सिमरामा रहेको जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिमराको २१ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।

यस भेगकै जेठो सहकारी संस्था जनकल्याण वचत तथा ऋण सहकारी संस्था सिमराको २१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले पानसमा वत्ती बालेर साधारणसभाको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष कमला घिमिरेले अध्यक्षको प्रतिवदेन प्रस्तुत गर्नुभएको थियो । २०५९ सालमा स्थापित यस सहकारीले निरन्तर प्रगति गर्दै गएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

पूर्णरुपमा समुदायमा आधारित रहेर सदस्यहरुको आर्थिक सामाजिक स्तर उकास्न मदत गरेको संस्थाले आर्थिक वर्ष २०७९÷०८०मा ४३ लाख ३४ हजार ९ सय ८९ रुपयाँ नाफा गर्न सफल भएको बताइएको छ ।

कार्यक्रममा संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत आफ्नो कार्यक्षेत्र भित्र रहेका नेपाल राष्ट्रिय मावि पथलैयाका कक्षा ६ मा पढ्ने छात्र र कक्षा १२ मा अध्यनरत छात्रालाई सम्मान गरिएको थियो । यस्तै कार्यक्रममा असल कारोवारी सोनामति देवी उरावनीलाई सम्मान गरिएको थियो ।

संस्थाले संस्थाका जेष्ठ नागरिक सदस्य, असल वचत समूह लगायतलाई सम्मान गरेको थियो । यसैगरी यस बर्ष उत्कृष्ट वर्ष कर्मचारी सम्मानबाट स स्थाका सहव्यवस्थापक सरस्वती सिटौलालाई सम्मान गरिएको थियो ।

साधारण सभाको वन्द सत्रमा संस्थाको विभिन्न प्रतिवेदनहरु पारित गरिएको थियो । कार्यक्रममा वक्ताहरुले विना कलेक्टर पनि वचत र कारोवारको काम गरिरहेको भन्दै सहकारीको प्रशंसा गरेका थिए ।

कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद रिमालले स्वागत गर्नुभएको थियो भने सञ्चालन कृष्ण सिग्देलले गर्नुभएको थियो ।

Leave a review