रञ्जन यादब/
बारामा आज थप ३८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । संक्रमण देखिनेमा कलैया उपमहानगरपालिकामा ३२ जना,महागढीमाई नगरपालिकामा ५ जना र जितपुरसिमरा उपमहानगरपालिकामा १ जनामा कोरोना भाईरस संक्रमण देखिएको बाराको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो ।
संक्रमण देखिनेमा १० जना महिला र बाँकी २८ जना पुरुष रहेका छन् । जसमा ६ बर्ष देखि ५८ बर्षसम्मका मानिसहरु रहेको प्रमुख जिल्ला अधिकारी पण्डितले बताउँनुभयो । योसँगै बारामा कुल संक्रमितको सङख्या ४ सय ६३ पुगेको छ ।