गरिब दलित बस्तीमा स्थानीय सरकार पुगेन जाडोमा

राम मण्डल
375 पाठक संख्या

जाडो बढदै गएको बेलामा गरिब दलित विपन्न सीमान्तिकृतवर्गका परिवारलाई समस्यामाथि समस्या हुदै आएको छ । माघको महिनामा जाडो केही घटने अनुमान गरिएको छ ।

खासगरी गरिब दलित परिवारलाई चिसोमा समस्या भएको हो । उनीहरुकोे आर्थिक अवस्था कमजोर भएको छ । पर्याप्त कपडाको अभावमा जाडोमा कठ्याँिग्रएर बस्नु पर्ने बाध्यता यस्तो परिवारमा रहेको छ ।

यस्तो बढदे जाडोमा गरिब दलितहरुलाई स्थानीय सरकार जनप्रतिनिधि  वा राजनीतिक दलका नेताहरु कसैले पनि राहत नदिएको अवस्था रहेको छ । नजिकको सरकारको रुपमा रहेको स्थानीय सरकार पनि जाडोमा गरिब दलितहरुलाई राहतको कुनै ब्यवस्था नगरेको अवस्था रहेको छ ।

यसले आपूmहरु थोरै भएपनि गरिब दलित बस्तीमा पुगेर कम्बल बाँडिरहेको पर्साको सखुवा प्रसौनी गाउँपालिका ३ का ईन्जिियिर अफजल हुसेनले जानकारी दिए ।जाडोको बेलामा स्थानीय गरिब दलितलाई सबै भन्दा बढी स्थानीय सरकारले नै सहयोग गर्नुपर्ने हो ।पर्सामा स्थानीय पालिका भने बढदो जाडोमा गरिब दलितहरु कसरी बाँचोका छन कुन अवस्थामा छन्,त्यस्को खबर समेत नलिएको बताइएको छ ।

गरिब दलितहरुलाई सम्बन्धित स्थानीय तहले जाडोको बेलामा कुनै किसिमको सहयोग नगरेपछि आफुले दाताहरुसित माँगेर जगरनाथपुर गाउँपालिकाका दलित बस्तीमा कम्बल बाँडेको समाजिक अभियन्ता ब्रिजेश्वर चौधरीले साझेदारी दैनिकलाई बताए ।

पर्साका स्थानीय तहहरुले जाडोको बेलामा कुनै किसिमको राहत गरिब दलित बस्तीमा नपुर्‍याएको बेलामा केही जनप्रतिनिधिहरुले भने कम्बल आफनो वडाका दलितलाई वितरण गरेका छन् ।पर्साको बहुदरमाई नगरपालिका ७ का वडाध्यक्ष वीरेन्द्र यादवले जाडोेमा साढे तीन सय कम्बल गरिबलाई वितरण गरेको जनाए । बढदो चिसोसँगै शितलहर चल्न थालेपछि पर्सासहित तराईका जिल्लाहरुमा गरिब दलित परिवारको बिजोग भएको छ ।

उनीहरुलाई चुनावको बेलामा भोट बैंकमात्रै मान्ने नेता जनप्रतिनिधिहरु रहेका छन् । जाडोको बेलामा एउटा कम्बल पनि दिन बस्तीमा पुग्न सकेका छैनन् ।

Leave a review

This will close in 0 seconds