बारा प्रहरीले ४२ लाखको अवैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले आइतबार एक प्रेस विज्ञप्ति जारी गरी जनाएका हुन् ।
जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकबाट ना ५ ख ३५५९ नम्बरको ट्रक ४० लाख ४४ हजार सात सय २७ रुपैयाँको विलविजक भन्दा बढीको सामान बरामद भएको हो ।
सो ट्रक वीरगञ्जबाट काठमाण्डौं तर्फ गइरहेको थियो । यस्तै ईलाका प्रहरी कार्यालय महेन्द्र आदर्शबाट खटिएको टोलीले गुटखा र चुरोट गरी दुई लाख रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।


