लोट्स एकेड्मीको वार्षिक उत्सव तथा अभिभावक दिवस

रञ्जन यादव
296 पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ सिमरास्थित लोट्स एकेड्मीले आफनो २३ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ ।

बिद्यालयले यस अवसरमा एस.ई.ई. र १२ कक्षामा मा उत्कृष्ट गर्ने बिद्यार्थीलाई सम्मान गरेको थियो ।कार्यक्रममा ३.७५ जि.पि.ए .ल्याएर एस.ई.ई. टप गर्ने ग्रिवाणी खड्का र ३.४५ जि.पि.ए. ल्याएर कक्षा १२ टप गर्ने दिपक मण्डललाई सम्मान गरिएको छ ।

लोटस एकेड्मीका संस्थापक प्रिन्सिपल राम प्रसाद अधिकारीले बालबच्चाको पढाईमा राम्रो भूमिका खेलेको भन्दै पाँच जना अभिभावकलाई सम्मान गरेका थिए ।

बिद्यार्थीहरुले सो अवसरमा साँस्कृतिक गीत,संगित र नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोला प्रसाद अधिकारीले गरेका थिए । कार्यक्रमकाबीच शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने ब्यक्तिहरुलाई मायाको चिनोले सम्मान गरिएको थियो ।

Leave a review

This will close in 0 seconds