प्रहरी कारवाहीको सिलसिलामा मंगलबार अस्थाई प्रहरी चौकी बसपार्क कलैया, बाराबाट खटिएको प्रहरी टोलीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
बारा जिल्ला अदालत कलैयाबाट वारदात पश्चात फरार रहेका लुकिछिपि बसेको अवस्थामा ति प्रतिवादी पक्राउ परेका हुन् ।
कलैया उप–महानगरपालिका वडा नं.२ बस्ने कुटपिट अंगभंग मुद्दामा दुई महिना आठ दिन कैद र १० हजार जरिवाना लागेका सन्तोषराज गिरीलाई पक्राउ गरेको हो । बारा प्रहरीले गिरीलाई बारा जिल्ला अदालत, कलैयामा दाखिला गरेको छ ।

