एस.पि.एस.को १६ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस

रञ्जन यादव
304 पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरास्थित सिमरा पब्लिक ईङ्लीस बोडिङ्ग स्कुल (एस.पि.एस.)को १६ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सुरु भएको छ ।

कार्यक्रमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाको उप प्रमुख भोला अधिकारीले गरेका थिए । कार्यक्रमको बिच एस.पि.एस. स्कुलको सिन्गीङ्ग आईडल र डान्सीङ्ग आईडल घोषणा गरिएको छ ।

स–साना बिद्यार्थीहरुले कार्यक्रममा गीत, नृत्य, कबिता ,रेयाम लगायतको प्रस्तुति प्रस्तुत गरेका थिए । स्कुले एस.ई.ई. मा ए प्लस ल्याएर उत्कृष्ट गर्ने ११ जनालाई नगद सहित सम्मान गरेको छ ।

बिद्यालयका सञ्चालक शालिकराम अधिकारीले यसबारेमा जानकारी दिदै विद्यालयले प्रगति गरिरहेको जनाउदै प्रसन्नता व्यक्त गरे ।

बिद्यालयका प्रिन्सिपल बसन्त ढकालको अध्यक्षतामा सो कार्यक्रम भएको हो । कार्यक्रममा ,वडा नं.२ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ , जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा अधिकृत हरिश भट्ट ,ब्राईटर एकेड्मीका प्रिन्सिपल राजु कार्की लगायत बिभिन्न बिद्यालयका बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

बार्षिकोत्सव तथा अभिभावक दिवसमा नरसरी कक्षा देखि कक्षा तीन सम्मको बिद्यार्थीको सहभागिता रहेको थियो। आईतबार हुने कार्यक्रममा कक्षा ४ देखि १० कक्षा सम्मका बिद्यार्थीहरुको सहभागिता रहने सञ्चालक अधिकारीले जानकारी दिए ।

Leave a review

This will close in 0 seconds