दाङमा टिप्परको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका – १ पाखापानीमा बा ५ ख १४५ नम्बरको टिप्परले अपराह्न २.३० बजे ठक्कर दिँदा सोही ठाउँ निवासी सात वर्षीय राकेश कुमालको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो ।
भालुबाङबाट लमही जाँदै गरेको टिप्परले बालकलाई ठक्कर दिएको थियो । ठक्कर दिने टिप्पर र चालक प्रहरी नियन्त्रणमा छन् । तीव्र गतिमा गुडेको टिप्परले बालकलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । रासस