राम मण्डल/
एउटै स्थानीय तहमा ९० जनासपहित पर्सामा थप एक सय ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । वीरगञ्ज स्थित नारायणी अस्पतालमा मंगलबार राति गरिएको परिक्षणमा जिल्लाका बिभिन्न स्थानीय तहहरुमा गरि बुधवार एक सय ९ जनामा संक्रमण देखिएको हो ।
जिल्लाको बहुदरमाई नगरपालिकामा मात्रै ९० जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरि छिपहरमाई गाउपालिकाका १ जना, जिराभवानी गाउपालिका ४ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।