बिद्यालयको विकासका लागि शिक्षक–अभिभावक नै सचेत र जागरूक हुनुपर्नेमा अभिभावकहरुले शनिबार जोड दिएका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ,औराहाको शनिबार भएको अभिभावक भेलामा अभिभावकहरुले यस्तो जोड दिएका हुन् ।
उक्त बिद्यालयमा भएको अभिभावक भेलामा बिद्यालयको विकास आवश्यक रहेको अभिभावकहरुले जनाएका हुन् । यस्का लागि शिक्षक–अभिभावक नै सचेत र जागरूक हुनुपर्नेमा उनीहरुले जोड दिएका हुन् । बालबालिकाको भविष्य निर्माण गर्ने जिम्मेवारी शिक्षक र अभिभावकको हातमा रहेको उनीहरुले जनाएका हुन् ।
यस्को लागि सबै सजग र जिम्मेवार हुन आवश्यक रहेको अभिभावक बिर्जु चौधरीले जनाए । विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीबीचको सम्बन्ध राम्रो हुनुपर्नेमा उनले जोड दिए ।
सामुदायिक विद्यालयमा अभिभावकको चासो नहुनुले बालबालिकाको शैक्षिक विकासमा समस्या हुने गरेको अभिभावक भेलामा अभिभावक अनुपा गिरीले बताईन् । औराहा बिद्यालयमा राम्रो पढाई भएका कारण बोडिङ्ग स्कुलबाट आफनो बच्चाको नाम कटाएर पढाउने गरेको उनले जानकारी दिईन् ।
विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले बिद्यालयको शैक्षिक प्रतिबेदन प्रस्तुत गरे । उनले बिद्यालयमा पढाउने शिक्षक र कार्यरत कर्मचारीको छोराछोरी यही बिद्यालयमा पढाउनुपर्ने उद्घोष गरे । प्रधानाध्यापक जोशीले बिद्यालयको बर्तमान अवस्था, उद्देश्य र भाबी योजनाको बिषयमा अभिभावकहरुलाई जानकारी गराएका थिए ।
अभिभावक भेलामा अघिल्लो एस.ई.ई.मा सबैभन्दा धेरै विद्यार्थी उतिर्ण गराउँन सफल लेखा बिषयका शिक्षक तथा सह प्रधानध्यापक दिपकप्रसाद भट्ट ,शारीरिक रुपमा अशक्त भएपनि शैक्षिक क्रियाकलापमा उत्साहजनक क्रियाशिलता जनाएका शिक्षक धनप्रसाद बजगाई ,सबैभन्दा बढी हाजिर हुने शिक्षक सुनिल चौधरी र अघिल्लो एस.ई.ई.मा बारा जिल्लाको सामुदायिक बिद्यालयहरु भन्दा सबैभन्दा बढी जि.पि.ए. ल्याई उतिर्ण हुने बिद्यार्थीलाई सम्मान गरिएको थियो ।
बिद्यालयका लेखापाल निराजन पौडेलले आर्थिक प्रतिबेदन प्रस्तुत गरे । उनले विद्यालयको भाबी बजेटको बिषयमा जानकारी गराएका थिए ।विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शेष नसिम हुसेनको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष हुसेनले विद्यालयका आ–आफ्नै समस्या रहेको जनाए । बोर्डिङ स्कुलमा अभिभावकले चासो राख्नु सरकारी विद्यालयमा चासो नराख्नुले बालबालिकाको शैक्षिक अवस्थामा सुधार ल्याउन गार्हो भएको उनले आफ्नो अनुभव सुनाए ।
उनले राम्रो पढाईलेखाई गर्ने बिद्यार्थीको अभिभावकलाई पनि सम्मान गर्ने परिपाटि अगाडि बढाउनुपर्नेमा जोड दिए । बिद्यार्थी अनुपस्थित हुँदा बिद्यार्थी बिद्यालय नआउँनुको कारण फोन गरेर बुझन अनुरोध गरे । बिद्यालयका सह प्रधानध्यापक दिपक भट्टले स्वागत गरे ।
कार्यक्रमको सञ्चालन शिक्षक चुडामणी शर्माले गरेका थिए । कार्यक्रममा शिक्षक प्रजापति त्रिपाठी र डिल्लिीराम खरेलले बिद्यालयले गरेको कार्यको बिषयमा जानकारी दिए । उनले अभिभावकहरुले ध्यान दिनुपर्ने कुराको बिषयमा जानकारी दिएका थिए ।

